Pages

Sunday, May 14, 2023

गीक नेपाल पडक्यास्ट : "विदेशिएका नेपालीहरूको सपना, संघर्ष र सफलताका कथा" भाग १

 

Geek Nepal Official 

नमस्कार यहाँहरु सबैलाई 

गीक नेपालको यस "नेपाली पडक्यास्ट" 

युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु. 

म शुभाष अर्याल, करिब १२ वर्ष जिबनको उर्जाशील समय बिदेसमा बिति सक्यो, अझै पनि नेपाल फर्किने टुंगो छैन 

त्यस कारण पनि मैले “विदेशिएका नेपालीहरूको सपना, संघर्ष र सफलताका कथा”  लिएर आयको छु, 

यहाहरुलाइ यस पोडकास्टको पहिलो श्रीन्खलामा स्वागत गर्दछु


हामीले समाचारमा पढिरहेका, रेडियोमा  सुनिरहेका छौं हरेक दिन १५ सयदेखि १८ सय नेपालीहरु  विदेशिइरहेका छन्, 

 यो तथ्यांक एकीन भने होइन .  नेपाल लाइभका पत्रकार गणेश गुरुङ लेख्नु हुन्छ, "गएको आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने औसतमा एक दिनमा १७ सय नेपालीहरू स्वदेशमा रोजगारी नपाएर विदेशिएका छन्। उनीहरूले औसत प्रत्येक दिन २ अर्ब ७० करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल पठाउने गरेका छन्।"


इनेप्लिजको समाचारमा लेखियको छ, "विभिन्न तथ्यांकहरूले कानुनी रूपमा वर्षेनी झन्डै ६ लाखको हाराहारीमा नेपालीहरू विदेशिएका भए पनि गैरकानुनीलगायत सबै रूपमा हेर्दा वर्षेनी झन्डै ८–९ लाख नेपाली विदेशिने गरेका छन् । यो तथ्यांक हेर्दा लाग्छ, नेपालमा अब युवा र राज्यको महत्वपूर्ण मानव श्रोत साधन बाहिरिँदैछ। " 


अवैधानिक बाटो भएर विदेश पुगेका नेपालीहरुको तथ्याङ्क आउन सम्भव नै छैन

करिब ८०  लाख नेपालीहरु बिदेशमा  रहेको तथ्यांक छ. ति  मध्ये ९०  प्रतिशत नेपालीहरु बाध्यताले विदेशिएका छन् भने

 १०  प्रतिशत नेपालीहरु  रहरले पनि विदेश पलायन भएका छन्


अबको एक दसक पछि कति नेपाली विदेशिने होलान ?


हरेक दिन फेसबुक वालमा पोष्टहरु हेर्दा कोही न कोही आफ्ना आफन्तहरु साथिभाईहरु नेपाली दाजुभाईहरु, दिदीबहिनीहरु, काका-काकीहरु, आमावुबाहरु बिदेशीइरहेको देख्न सकिन्छ । 

नेपालमा यतिखेर “एक घर परिवार बराबर एकजना  सदस्य” बिदेशमा रहेको विश्वास गरिन्छ.

 गाउँ खण्डहर छ रिक्त छ, शहरमा महंगी बढेको छ 


राजनैतिक अस्थिरता छ , 

विदेशी हस्तक्षेप छदै छ,

भ्रष्टाचार मौलाइरहेको छ 

अर्थतन्त्र झन् कमजोर बन्दै गइरहेको छ

 शिक्षा प्रणाली ध्वस्त छ  

बन्द कलकारखाना

सीप विनाको सिकाइ

रोजगारीको अभाव 

यी विविध कारणहरुले गर्दा नेपाली बिदेशी रहेका  छन 

र, यो कहिलेसम्म? 


कारोबार डेलीका पत्रकार गोपाल संग्रौला लेख्नु हुन्छ, "सरकारले आर्थिक वर्ष २०६५/०६६ बाटमात्र आधिकारिक तथ्यांक राख्न सुरु गरेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अहिलेसम्म ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डेढ दशकमा वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर २ लाख ८६ हजार २ सय ४२ महिलासहित ५० लाख ८ सय ३३ जना नेपाली विदेश गएका छन् ।

विदेश गएका मध्ये करिब ११ हजारको उतै मृत्यु भएको छ। मुलुकको करिब ३ करोड जनसंख्यामध्ये १ करोड ४८ लाखभन्दा बढी रेमिट्यान्स आयमा आश्रित देखिएका छन् । "



नेपालीहरु  विदेशिदै गर्दा केही फाइदाहरु छन् , भने केहि बेफाइदाहरु पनि छन


नेपालीहरु विदेशी नै गर्दा के फाइदा हुन्छ?


रेमिट्यान्स मार्फत घर परिवार समाज र देशको अर्थतन्त्र मजबुत भएको छ

विभिन्न सीप सिक्ने अवसर क्षमता अभिवृद्धि पनि भएको छ

 यो ग्लोबल  वोर्ल्ड  मा  विश्वभरिका मान्छेहरुसँग सम्बन्ध कायम भएको छ, नेटओर्किंग  बढेको छ

नेपालीहरुले सन्सार देख्न पाएका छन् घुम्न पाएका छन् बुझ्न पाएका छन् रमाउन पाएका छन्


नेपालीहरु विदेशीनाले गर्दा घाटा चाहि के हुन्छ?


नेपालीहरु विदेशमै विदेशी नागरिकता लिएर उनीहरूको जीवन सुरक्षित बनाइरहेका छन्, यसले गर्दा नेपाल फर्किने सम्भावना न्यून हुन्छ 

कलकारखाना हरुमा युवाहरूको अर्थात् दक्ष जनशक्ति को कमि हुन्छ

उद्योगहरूको निर्माण नै ठप्प हुन्छ

पैसाको फ़्लॊ नहुँदा अर्थतन्त्र नै कमजोर बन्छ

भाविपुस्ताहरूले बिदेशी नागरिकता लिने गर्दा नेपालमा जनसंख्या घट्दै जान्छ

म्यानपावर कम्पनी र कन्सलटेन्सीहरुको संख्या बढ्दै जान्छ, छोटो समयको लागि फाइदा देखिएतापनि, 

 भविष्यमा अर्थतन्त्रमा घाटा हुन्छ

क्यानाडा नेपालका पत्रकार  यशोदा भण्डारी लेख्नु हुन्छ, "आर्थिक वर्ष २०७७/७८मा लगभग १ हजार २ सय नेपाली श्रमिकको विदेशी भूमिमा ज्यान गरेको तथ्यांक छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६मा करिब ७ सय जनाले ज्यान गुमाएकोमा आर्थिक वर्ष २०७८/७९सम्म आइपुग्दा यो सङ्ख्या दोब्बर भइसकेको छ ।"



कुनै परिवारमा खुसी, कुनै परिवारमा विखण्डन



बाह्र कक्षा पढ्दै गरेको  वा पास गरेको युवायुवतीहरु बिदेश जान किन्न लालायित हुन्छन्?

 आफू भन्दा अघिल्लो पुस्ताका दाई दिदीहरु  विदेशको सयौं तल्ले भवनहरूको ब्याकग्राउन्डमा फोटो खिचिरहेका हुन्छन्, । 

 समुद्री तटहरुमा खिचिएका फोटोहरुले पनि उनीहरुलाई लालायित  गराउँछ

विदेश गएको दुई वर्ष  नबित्दै  दाजुदिदीहरुले नयाँ गाडीमा सरर कुदेको मात्र देख्छन् संघर्षको ब्यथा थाहा पाउँदैनन्

भाइबहिनीहरू सोध्दैनन् र दाईदिदीहरु सिकाउँदैनन्

बाबु आमा पनि विदेश जान भनेपछि १० लाख ऋण लिन तयार हुन्छ, छोरा छोरी ले व्यापार गर्छु भन्यो भन्ने पैसा दिन तयार हुदैनन् 


बिदेश जानि भनेको व्यक्तीको स्वतन्त्र अधिकार हो,  

विदेश जानै पर्छ र विदेश जानै हुँदैन भन्न पनि मिल्दैन


बिदेश गएका कतिपय नेपालीहरु त फर्कदैनन् पनि होला, कतिपय भने नेपाल फर्कने पर्खाइमा बसिरहेका छन् 

एउटा वातावरणको, अर्को अवसरको पर्खाइमा बसिरहेका छन्

 स्वास्थ्यको ग्यारेण्टी, गुणस्तरीय शिक्षा,  रोजगारको अवसर र  बाल-बच्चाको भविष्यको ग्यारेन्टी भए धेरै नेपालीहरु खुशी खुशी नेपाल फर्किन्छन्




बीबीसी न्यूज नेपालीका पत्रकार लेख्नुहुन्छ 

दश वर्षमा दश प्रतिशतले बढ्यो नेपालको जनसङ्ख्या

जनसङ्ख्या वृद्धिदर किन घट्यो, यो चिन्ताको विषय हो कि हैन? 



ट्वीटरको "मातृभूमि प्रेमी विदेशिएका नेपालीहरू" पेजमा अशोक अधिकारी 

@_ashokadhikari लेख्नु हुन्छ 

‘गैरआवासीय नेपालीले कमाएको पुँजी, ज्ञान र सीपलाई नेपालसँग जोड्न सकियोस्’



खबरहबमा लेखियको एउटा समाचार छ, “विदेशमा रहेका नेपाली प्रतिको दायित्वबाट सरकार पन्छिन मिल्दैन”



सधै विदेशले पनि रोजगारी नदेलान , तेस्तो अवस्थामा नेपाल सरकारले कसरि तयारी गर्नुपर्ला ?

एकै छिन् सोचौ त,  "कोरोना महामारी ताका धेरै नेपालीहरुले जागिर गुमाएर नेपाल फर्केका होइनन र ?"



बिदेश गयका नेपालीहरुलाई घर, परिवार, समाज  र देशले नै फर्काउन प्रयास गर्नुपर्ने हो कि?

धन्यबाद 







https://nepallive.com/story/291973

https://www.enepalese.com/2015/03/10188.html

https://www.canadanepal.com/detail/153553

https://www.bbc.com/nepali/articles/c4njdg1p0j4o

https://twitter.com/weformotherland

https://khabarhub.com/2020/11/163311/

https://www.karobardaily.com/news/208569







No comments:

Post a Comment